अज्ञात व्यक्तिद्वारा मुगुको एनआईसी बैंक तोडफोड « Khabarhub

अज्ञात व्यक्तिद्वारा मुगुको एनआईसी बैंक तोडफोड


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ ।

बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १ : २६ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको