अन्तर प्रदेश खेलकुद: महिला फुटबलको उपाधि कोशीलाई « Khabarhub

अन्तर प्रदेश खेलकुद: महिला फुटबलको उपाधि कोशीलाई


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।

भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो । प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन् ।

उत्कृष्ट प्रदर्शन गरेकी कोशीकी सिम्रन राई ‘प्लेयर अफ दी म्याच’ हुन सफल भइन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर कोशी प्रदेशका कुश्मा राई, उत्कृष्ट गोलरक्षक कोशीका सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशीका सुरेन्द्र तमाङ र उत्कृष्ट मिडफिल्डर भने सुदूरपश्चिम प्रदेशका बिर्सना चौधरी भइन् ।

प्रतियोगिताको उपाधि जित्न सफल कोशी र उपविजेता सुदूरपश्चिम प्रदेशलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेल भइरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : ०६ बजे

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण