झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ ।

आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ ।

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा १२७ कम्पनीको शेयर बढेको छ भने १०८ वटा कम्पनीको शेयर घटेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ । फोल्ट इन्डेक्स ०.१९ अंकले र सेन्सेटिभ फेल्ट इन्डेक्स ०.०७ अंकले घटेको छ ।  १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने ९ वटा उपसमूहको शेयर घटेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : १८ बजे

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को