घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर « Khabarhub

घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)का पछिल्ला महिनाहरूमा केही सुधार देखिएको घरजग्गा कारोबार चैत महिनामा भने स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनाको तुलनामा चैत महिनामा देशैभरीको घरजग्गाको कारोबारमा केही सुस्तता र स्थिर देखिएको हो ।

विभागका अनुसार चैत महिनामा ५० हजार २ सय ५२ कित्ता जग्गाको लिखत पारित भएको छ भने १८ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९ सय ९८ वटा जग्गाको लिखत पारित भएको थियो भने २९ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो ।

कारोबारमा भएको स्थिरता देखिए पनि चैत महिनामा भने सरकारले घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरमार्फत हुने आम्दानीमा केही वृद्धि गरेको छ । विभागको तथ्यांकअनुसार सरकारले चैत महिनामा पुँजीगत लाभकरबापत १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १४२ रुपैयाँ आम्दानी गरेको छ, जुन फागुन महिनामा १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँमा सीमित रहेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ३४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित