बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी | Khabarhub Khabarhub

बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जाको क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार २ खर्ब ८ अर्ब २ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बैंकहरुको सहुलियतपूर्ण कर्जा लगानीको सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको क्षेत्रमा भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म बैंकहरुले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको शीर्षकमा १ खर्ब २५ अर्ब ३६ करोड ७३ लाख ३० हजार रुपैयाँ लगानी स्वीकृत गरेका छन् ।

बैंकहरुले महिला उद्यमशील कर्जाको क्षेत्रमा ७९ अर्ब ५९ करोड ९३ लाख ३३ हजार, कपडा उद्योग सञ्चालनका लागि १ अर्ब ३३ करोड ४ लाख ३९ हजार र विदेशबाट फर्किएका युवा परियोजनामा ६६ करोड ४६ लाख ९८ हजार रुपैयाँ स्वीकृत गरेका छन् ।

त्यसैगरी बैंकहरुले दलित समुदाय व्यवसाय विकासमा ६५ करोड १६ लाख ७५ हजार रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवासमा २५ करोड ४१ लाख १९ हजार, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षामा ७ करोड २६ लाख ६२ हजार, शिक्षित युवा स्वरोजगारमा ६ करोड ९२ लाख ६ हजार र युवा वर्ग स्वरोजगार कार्यक्रममा १ करोड ४१ लाख ६ हजार सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिममा बैंकहरुले जम्मा ४ लाख सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

ब्याज अनुदानमा २२ अर्ब बढी खर्च, बढ्न सकेन ऋण प्रवाह

सरकारले अहिलेसम्म सहुलियतपूर्ण कर्जामा २२ अर्ब बढी ब्याज अनुदान प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले सहुलियतपूर्ण कर्जाका लागि २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ प्रवाह गरेको छ ।

तीन वर्ष अगाडि अर्थात ०७८ असार मसान्तसम्म सरकारले यस्तो ब्याजमा अनुदान ६ अर्ब ७९ करोड ६४ लाख ७९ हजार प्रवाह गरेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाहको क्षेत्रमा बैंकहरुले कर्जाको परिमाण वृद्धि गर्न सकेको देखिँदैन । ०७८ असार मसान्तसम्म सहुलियतपूर्ण कर्जाको क्षेत्रमा बैंकहरुले १ खर्ब ८६ अर्ब ८३ करोड ७६ लाख ६८ हजार स्वीकृत गरेका थिए ।

यस्तो कर्जा ०७९ असार मसान्तसम्म केही वृद्धि भएर २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख ८ हजार पुगेको थियो भने ०८० असार मसान्तसम्म आइपुग्दा केही घटेर २ खर्ब ५४ अर्ब १४ करोड ५४ लाख ५५ हजार स्वीकृत भएको थियो । जुन फागुन मसान्तसम्म आइपुग्दा ४६ अर्ब १२ करोडले घटेर २ खर्ब नजिक आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १० वटा विषयगत क्षेत्र तोकेर ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ व्यवस्था गरेको छ । सोही अनुसार बैंकहरुले ती तोकिएको क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ३४ बजे

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार बिस्तार : मन्त्रिमण्डल अब दश सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले

किसानलाई उद्यमशीलतासँग जोड्न मौरीको घार वितरण

वालिङ– किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरीको घार