बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी « Khabarhub

बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जाको क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार २ खर्ब ८ अर्ब २ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बैंकहरुको सहुलियतपूर्ण कर्जा लगानीको सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको क्षेत्रमा भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म बैंकहरुले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको शीर्षकमा १ खर्ब २५ अर्ब ३६ करोड ७३ लाख ३० हजार रुपैयाँ लगानी स्वीकृत गरेका छन् ।

बैंकहरुले महिला उद्यमशील कर्जाको क्षेत्रमा ७९ अर्ब ५९ करोड ९३ लाख ३३ हजार, कपडा उद्योग सञ्चालनका लागि १ अर्ब ३३ करोड ४ लाख ३९ हजार र विदेशबाट फर्किएका युवा परियोजनामा ६६ करोड ४६ लाख ९८ हजार रुपैयाँ स्वीकृत गरेका छन् ।

त्यसैगरी बैंकहरुले दलित समुदाय व्यवसाय विकासमा ६५ करोड १६ लाख ७५ हजार रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवासमा २५ करोड ४१ लाख १९ हजार, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षामा ७ करोड २६ लाख ६२ हजार, शिक्षित युवा स्वरोजगारमा ६ करोड ९२ लाख ६ हजार र युवा वर्ग स्वरोजगार कार्यक्रममा १ करोड ४१ लाख ६ हजार सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिममा बैंकहरुले जम्मा ४ लाख सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

ब्याज अनुदानमा २२ अर्ब बढी खर्च, बढ्न सकेन ऋण प्रवाह

सरकारले अहिलेसम्म सहुलियतपूर्ण कर्जामा २२ अर्ब बढी ब्याज अनुदान प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले सहुलियतपूर्ण कर्जाका लागि २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ प्रवाह गरेको छ ।

तीन वर्ष अगाडि अर्थात ०७८ असार मसान्तसम्म सरकारले यस्तो ब्याजमा अनुदान ६ अर्ब ७९ करोड ६४ लाख ७९ हजार प्रवाह गरेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाहको क्षेत्रमा बैंकहरुले कर्जाको परिमाण वृद्धि गर्न सकेको देखिँदैन । ०७८ असार मसान्तसम्म सहुलियतपूर्ण कर्जाको क्षेत्रमा बैंकहरुले १ खर्ब ८६ अर्ब ८३ करोड ७६ लाख ६८ हजार स्वीकृत गरेका थिए ।

यस्तो कर्जा ०७९ असार मसान्तसम्म केही वृद्धि भएर २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख ८ हजार पुगेको थियो भने ०८० असार मसान्तसम्म आइपुग्दा केही घटेर २ खर्ब ५४ अर्ब १४ करोड ५४ लाख ५५ हजार स्वीकृत भएको थियो । जुन फागुन मसान्तसम्म आइपुग्दा ४६ अर्ब १२ करोडले घटेर २ खर्ब नजिक आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १० वटा विषयगत क्षेत्र तोकेर ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ व्यवस्था गरेको छ । सोही अनुसार बैंकहरुले ती तोकिएको क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ३४ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक