‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड नाघ्यो ! « Khabarhub

‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड नाघ्यो !


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म  ‘डिग्री माइला’ले सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको  छ ।  वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार तीन करोड तीन लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ ।

फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन दुई करोड आठ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सीका फिल्म चलिरहेको निर्माण पक्षको दाबी छ ।

निर्माता मणिराम पोखरेल भन्छन्, ‘तेस्रो दिन पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया सिनेमाले पाइरहेको छ । शो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’

रामबाबु गुरुङकै लेखन र निर्देशन रहेको यस फिल्ममा डिग्रीको अहमता देखाउने युवाको कथालाई रोचक ढंगले देखाइएको छ । फिल्ममा दयाहाङ राई र आचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको मुख्य  अभिनय छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको यस फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने क्रिश लामा हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : २९ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको