टाटाले गुजरात र आसाममा सेमिकण्डक्टर कारखाना खोल्ने | Khabarhub Khabarhub

टाटाले गुजरात र आसाममा सेमिकण्डक्टर कारखाना खोल्ने


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सबैभन्दा ठूलो व्यापारिक घराना टाटा समूहले सेमिकण्डक्टर चिप उत्पादन गर्ने भएको छ । टाटा समूहले गुजरात र आसाम राज्यमा चिप कारखाना स्थापना गर्ने भएको हो । गुजरातमा टाटा समूहले ११ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो ।

गुजरातमा टाटाले ताइवानकोे पावरचिप सेमिकण्डक्टर कम्पनीसँग मिलेर कारखाना स्थापना गर्न लागेको इकोनोमिस्टले जनाएको छ । गुजरातमा स्थापित कारखानाबाट २० हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी आसाममा टाटाले ३ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो । यहाँ टाटा एक्लैले कारखाना स्थापना गर्न लागेको इकोनोमिस्टले उल्लेख गरेको छ । आसाममा स्थापित कारखानाबाट २७ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । मुलुकलाई हाइटेक प्रविधिमा सबल बनाउने भारत सरकारको लक्ष्यअनुसार ती कारखाना स्थापना गरिएको जनाइएको छ ।

टाटाका अध्यक्ष नटराजन चन्द्रशेकरनले टाटाले प्रविधिको क्षेत्रमा लगानीलाई अझै बढाउँदै लैजाने बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ११ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो