एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो « Khabarhub

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

कोलकाता १९ अंकसहित शीर्ष स्थानमा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट शुभमन गिल कप्तान रहेको गुजरात टाइटन्स बाहिरिएको छ।

सोमबार राति गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स बिचको खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडिएसँगै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो।

एक खेल अगाडि नै ११ अंक बनाउँदै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो। कोलकाता भने १९ अंकका साथ शीर्ष स्थानमा कायमै छ। अब गुजरातले सनराइजर्स हैदरावादसँग एक खेल खेल्न बाँकी छ। गुजरातसँगै अहिलेसम्म पञ्जाब किंग्स र मुम्बई इन्डियन्ससमेत प्लेअफ दौडबाट बाहिरिसकेका छन्।

कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफमा सुरक्षित छ। राजस्थान रोयल्स प्लेअफ पुग्ने निश्चित भए पनि गणितीय सम्भावना अझै बाँकी नै छ।

पाँच टिम प्लेअफका लागि संघर्षरत छन्। चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद १४ अंकका साथ प्लेअफ दौडमा छन् भने रोयल च्यालेन्जर्स बंग्लोरु, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्सको गणितीय सम्भावना जीवितै छ।

आईपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्नेछन् । दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु