कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ? | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

हिजो दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरि आजका लागि बोलाइएको हो ।

आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’