दाँतमा हुनसक्छ वंशाणुगत समस्या : कसरी हेरचाह गर्ने ? | Khabarhub Khabarhub

दाँतमा हुनसक्छ वंशाणुगत समस्या : कसरी हेरचाह गर्ने ?

बच्चाको दाँत फेरिन्छ भनेर लापरवाही गरे गम्भीर समस्या


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो। दाँत बिना स्वस्थ जीवनको परिकल्पना पनि गर्न सकिँदैन। सानै उमेरदेखि नै यसको हेरचाहमा ध्यान दिनुपर्छ। विशेष गरेर बच्चाको दाँतको हेरचाह कसरी गर्ने भन्ने अभिभावकले जान्नु जरुरी छ। पछिल्लो समय जंकफुड धेरै खाने प्रवृत्तिले धेरै बालबालिकामा दाँतको समस्या देखिने गरेको चिकित्सक बताउँछन्। जन्मेको छ महिनादेखि नै बच्चामा दाँत आउन सुरु हुन्छ। सबै दाँत एकैपटक भने आउँदैनन्। यसको पनि समय हुन्छ। साढे दुई वर्ष सम्ममा भने सबै दाँत आइसक्छन्। तर कसैकसैमा भने केही दिन वा महिना ढिलो वा चाँडो हुनसक्छ। त्यसैले आत्तिहाल्नु चाहिँ पर्दैन। तर धेरै ढिलो भएको खण्डमा दाँतको विशेषज्ञ चिकित्सकसँग सल्लाह सुझाव लिनु उचित हुन्छ। बच्चाको दुधे दाँतको हेरचाह कसरी गर्ने ? दुधे दाँत कति वर्षको उमेरमा झर्नुपर्ने हो ? दाँतलाई बलियो बनाउन बच्चालाई कस्तो खाना आवश्यक हुन्छ ? यिनै विषयमा केन्द्रित भएर दन्तरोग विशेषज्ञ डा. ममता कुमारी शाहसँग गरिएको कुराकानीः

बच्चाको दुधे दाँतको हेरचाह कसरी गर्ने ?
बच्चा जन्मेदेखि नै मुखको हेरचाह गर्नुपर्ने हुन्छ। दाँत उम्रिनु अगाडि नै गिँजालाई सफा कपडाले पुछ्ने गर्नुपर्दछ। दाँत उम्रिसकेपछि ब्रस गर्ने, एउटा दुई वटा दाँत आउँदा नै कपडा या ब्रसले सफा गर्ने, तीन वर्ष मुनिको बच्चाको दाँत आफैले सफा गर्ने गर्नुपर्दछ। त्यो भन्दा माथिका बच्चालाई यसरी ब्रस गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ। जस्तै पेष्ट थोरै राख्ने, थुक फाल्न लगाउने गरेर बच्चाको दुधे दाँतको हेरचाह गर्न सकिन्छ।

बच्चा जन्मेदेखि नै मुखको हेरचाह गर्नुपर्ने हुन्छ। एक-दुई वटा दाँत आउँदा नै कपडा या ब्रसले सफा गर्ने, तीन वर्ष मुनिको बच्चाको दाँत आफैले सफा गर्ने गर्नुपर्दछ।

पछिल्लो समय बच्चाको दाँत छिटो झर्ने समस्या देखिरहेको छ, दुधे दाँत कति वर्षको उमेरमा झर्नुपर्ने हो ?
खासमा दुधे दाँत झर्ने भनेको ६ वर्षदेखि हो। कसैको ढिलो कसैको चाँडो हुनसक्छ। यसमा समयले त्यस्तो फरक पार्दैन। तर दाँत उम्रिने कुरामा १८ महिनासम्म पनि बच्चाको दाँत उम्रिएन भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।

तीन चार वर्षमै दाँत झर्ने समस्या पनि अहिले देखिरहेको छ, यो के कारणले हुन्छ ?
गिँजामा कुनै समस्या भएपछि मात्रै यस्तो समस्या देखिन्छ। बच्चाको खानपानमा ध्यान दिइएन, मुखको सरसफाई भएन भने गिँजा पाक्ने, सुन्निने हुन्छ। त्यस्तो अवस्थामा दाँत झर्ने, किरा लाग्ने समस्या हुन्छ नभए सामान्य अवस्थामा ३-४ वर्षमै दाँत झर्ने हुँदैन।

दाँतको समस्या वंशाणुगत असरले हुने हो ?
बच्चाको दाँत उम्रिन झर्न ढिलो चाँडो हुने कुरामा वंशाणुगत असर हुन्छ। त्यस्तै बाङ्गो टिङ्गो दाँत उम्रिने, दाँत सानो ठुलो हुने लगायतका कुरामा वंशाणुगत असर हुन्छ।

झरिहाल्छ भनेर धेरै ख्याल गरेको पाइँदैन, दुधे दाँतको महत्त्व चाहिँ के छ ?
बच्चाको दुधे दाँतको महत्त्व धेरै छ। उनीहरुले खाना खानेदेखि बोल्नका लागि पनि दाँत आवश्यक हुन्छ। शरीरको मुख्य अंग नै मुख हो। मुख स्वस्थ भयो भने मात्रै सबै शरीर स्वस्थ हुन्छ। बालबालिकाको दाँत पहिले नै झर्यो भने उनीहरुको बोली स्पष्ट नहुनसक्छ।

बच्चाको दुधे दाँतको महत्त्व धेरै छ। उनीहरुले खाना खानेदेखि बोल्नका लागि पनि दाँत आवश्यक हुन्छ। शरीरको मुख्य अंग नै मुख हो। मुख स्वस्थ भयो भने मात्रै सबै शरीर स्वस्थ हुन्छ।

दाँत झरेमा वा किराले खाएर टुक्राटुक्रा परेमा बच्चाको वृत्तिविकासमा प्रभाव पार्छ। दुधे दाँत ६ महिनादेखि उम्रिन थाल्छ। यो दाँत २४ महिनाभित्रमा पलाइसक्छन्। दुधे दाँतको उपचार गरिएन भने संक्रमण हुन्छ। संक्रमण नशासम्म पुग्यो भने दुख्ने, सास फेर्न समस्या हुने र पछि जरासम्मको उपचार गर्नुपर्ने हुन्छ। अहिले पनि धेरैलाई गाला सुन्नियो भने दाँतको कारणले होला भन्ने थाहै हुँदैन। दाँतको कारणले गाला, घाँटीसम्मलाई असर गर्छ। किरा लाग्यो, त्यसको उपचार गरिएन भने नशालाई भेट्छ र गिजासम्म उपचार गर्नुपर्ने हुन्छ।

दाँतमा किरा लागेमा उपचार विधि के छ ?
दाँतको तीन वटा लेयर हुन्छ। इनामेल, डेण्टीन र पल्प भन्ने हुन्छ। इनामेल भनेको किरा लाग्न सुरु भयो भन्ने हो। दाँतमा हावा लगाएर हेर्दा दाँत सेतो हुन थालेको हुन्छ त्यतिबेलै उपचार गरेमा निको हुन्छ। तर त्यसलाई बेवास्ता गरेमा समस्या हुन थाल्छ।

यस्तो दाँतमा खानेकुराहरु अड्किने हुन्छ। समस्या जटिल भएपछि जरैदेखि दाँत भरेर उपचार गर्नुपर्ने हुन्छ। उमेर नपुगी दाँत उखेल्न मिल्दैन। जटिल अवस्था भयो भने मात्र फाल्न पाइन्छ।

दाँतलाई बलियो बनाउन बच्चालाई कस्तो खाना आवश्यक हुन्छ ?
दाँतलाई बलियो बनाउन फाइबरयुक्त खानेकुरा दिनुपर्छ। फलफुलको जुस भन्दा फलफुल नै चपाएर खान दिने, ब्रस गर्न लगाउने, सुत्नुभन्दा अगाडि गुलियो खानेकुरा खान दिनु हुँदैन।

अहिले दाँत सम्बन्धी कस्ता समस्या लिएर बालबालिका आउने गरेका छन् ?
अहिले मुख्यगरी दाँतमा किरा लाग्ने र बाङ्गोटिङ्गो दाँत सम्बन्धी समस्या लिएर धेरै बालबालिका आउने गरेका छन्।

बाङ्गोटिङ्गो दाँतलाई कुन उमेरमा मिलाउन सकिन्छ ?
सबै दाँत उम्रिसकेपछि १३-१४ वर्षको उमेरमा दाँत मिलाउन सकिन्छ। कुनै कुनै केशमा चाहिँ दाँत उम्रिदादेखि नै डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ।

सबै दाँत उम्रिसकेपछि १३-१४ वर्षको उमेरमा दाँत मिलाउन सकिन्छ। कुनै कुनै केशमा चाहिँ दाँत उम्रिदादेखि नै डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ।

बालबालिकाको दाँत जोगाउन के सुझाव दिनुहुन्छ ?
६ महिनाभन्दा माथिको बच्चालाई राति सुत्दा आमाको दुध चुसाउनु हुँदैन। गुलियो खानेकुरा खान दिनु हुँदैन। बिहान बेलुका सफा कपडाले दाँत सफा गरिदिनुपर्छ। कुनै पनि समस्या आएमा तुरुन्तै उपचार गराउनुपर्छ। त्यस्तै ६ महिना वा वर्षमा एक पटक दाँतको चेकजाँच गराउनुपर्छ। जसले बच्चाको दाँत स्वास्थ राख्न सकिन्छ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ०० बजे

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को