संसदमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल (सूचीसहित) « Khabarhub

संसदमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल (सूचीसहित)


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति तथा कार्यक्रमको रिहर्सल हुने भएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुन लागेको हो।

त्यस लगत्तै सभामुख देवराज घिमिरेले १२ः३० बजे दलक प्रमुख सचेतकसँग छलफल गर्ने छन्। यो छलफल सभामुखको कार्यकक्ष संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ।

दिउँसो १ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। समिति बैठक संघीय संसद भवनको शंकर हल नयाँ बानेश्वरमा बस्ने सभामुखको सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

दिउँसो ३ बजे संयुक्त सदनको बैठक बस्नेछ भने साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहानै संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ८ : ३५ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको