कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन् « Khabarhub

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् ।

अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने मौका दिइएको छ ।

निर्वाचन आयोगले दिएको समय बमोजिम आफूले अशोक राई नेतृत्वको जसपा रोजेको जानकारी लिम्बूले खबरहबलाई दिएकी छन् ।

ताप्लेजुङकी लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालकी एक्ली सांसद थिइन् । उनले अशोक राई नेतृत्वको जसपा रोजेसँगै कोशीमा यादव नेतृत्वको पार्टी सांसदविहीन भएको छ ।

अशोक राई नेतृत्वको जसपाले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गरिसकेको छ । यस्तोमा अब निर्मलाले कोशीमा मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।

‘नयाँ राजनीतिक परिस्थिति अनुसार यहाँ हामीले मुख्यमन्त्रीलाई समर्थन गरिसकेका छौँ’, उनले खबरहबलाई भनिन्, ‘अब सरकारमा जाने-नजाने विषय पार्टीको निर्देशनअनुसार हुनेछ । पार्टीले सरकारमा पठाएमा जान्छु ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : ५० बजे

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको