कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकास तथा जनताको समृद्धिका लागि मार्क्सवादी चिन्तनसहितको कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्ने बताएका छन् । मुलुकमा राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे। 

एकीकृत समाजवादीको आज सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले बहुसङ्ख्यक जनताको भरोसा रहेको कम्युनिष्ट पार्टीमा निजी स्वार्थ बढ्दै गएकाले विभाजन र पुनर्गठन गर्नुपरेको उल्लेख गर्दै आफ्नो पार्टी संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक रहेको बताए । मुलुकमा गरिबी न्यूनीकरण गर्न औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्थालाई कार्यान्वयनमा जोड दिए।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, पार्टीको समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवेदनलाई अनुमोदन गर्न बोलाइएको बैठक यही जेठ २ गतेसम्म चल्ने छ । बैठकमा पार्टीको आन्तरिक विवाद र समसामयिक परिस्थितिबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ०१ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी