नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ « Khabarhub

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ फर्किएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले वि.सं. २०७५ मा नेपालको दीर्घकालीन सोच, २१०० (सन्‌ २०४३) जारी गर्दै आफूले लगाउँदै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा मुलुकको योजनाभित्र समेटेका थिए ।

तर, दुईपटक संसद्‌ विघटन हुँदै एमाले प्रतिपक्षी बेञ्‍चमा थन्किएपछि पछिल्ला सरकारहरूले राज्यका सार्वजनिक नीतिमा ओलीको नारालाई समावेश गर्न छाडेका थिए ।

२०७९ फागुन १२ गते प्रधनमन्त्री दाहालले एमालेसँगको गठबन्धन भत्काएर कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गरेपछि २०८० जेठ १ मा नीति तथा कार्यक्रम संसद्‌मा पेश गरेका थिए ।

सो दस्तावेजमा प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित हुने सदस्यलाई बधाई दिँदै ‘समृद्ध र समतामूलक नेपाल निर्माणको संकल्प’ पूरा गर्न कार्यकाल सफलताको कामना गरिएको थियो ।

तर प्रधानमन्त्री दाहालले फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्काएर पुनः एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्री ओलीले अघि सारेका ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा सरकारको नीति तथा कार्यक्रममा समावेश भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका नीति तथा कार्यक्रममा ‘वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिवद्ध छ,’ लेखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ३५ बजे

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी