कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन « Khabarhub

कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका हुन् ।

लेखकले नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै देशमा रहेको आर्थिक मन्दीको बारेमा कुनै कार्यक्रम नै नरहेको बताएका छन् ।

त्यस्तै उनले लाखौ बचतकर्ताको सहकारीको रकम डुबेको विषय नीति तथा कार्यक्रममा उल्लेख समेत नगरिनुले सरकार बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीका ठगीलाई कारवाही गर्ने विषयमा मौन रहेको बताएका छन् । उनले सरकारले अर्थतन्त्रको विषयमा कमजोर प्रतिबद्धता रहेको बताए ।

स्वदेशमै रोजगार सिर्जना गर्ने बताउने दल सरकारमा गएर धेरै भन्दा धेरै नेपालीलाई विदेश पठाउने नीति लिएर आएको टिप्पणी गरे ।

त्यस्तै पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले उठाएको सहकारी ठगीको विषयमा नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गर्दै नीति तथा कार्यक्रम लामो भएको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारको भनाई र गराइमा फरक रहेकोले नीति तथा कार्यक्रममा टिप्पणी गर्न आवश्यक नै नरहेको बताए ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०० बजे

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न