कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित « Khabarhub

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि  बैठक स्थगित गरिएको हो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् । 

अर्को बैठक ३ गते बिहान ११ बजे बस्ने भएको छ । 

यता सभामुखले १ पटक गृहमन्त्रीले बोल्न समय मागेका छन् । उनलाई समय दिनुपर्ने भन्दा पनि कांग्रेसले अवरोध कायम राखेपछि सभामुखले बैठक समापन गरे । 

कांग्रेस संसदीय छानबिन  समिति नबनेसम्म ब्याग नहुने बताइरहेको छ । बजेट अधिवेशनको दोस्रो दिन पनि कांग्रेसले बैठकमा अवरोध कायम गरेको हो । 

तर दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भने नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो । कांग्रेसले अवरोध गरेपछि राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको धन्यवाद पत्र पनि सभामुखले पढ्न पाएनन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : १७ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित