आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो  | Khabarhub Khabarhub

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आजै लामो समयदेखि ओरालो यात्रामा रहेको शेयर बजार २ हजार बिन्दुभन्दा माथि उक्लिएको छ । यसैवीच, नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र दलालको सेवाशुल्क (कमिसन) घटाएको छ ।

उता, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया  केही साताका लागि पछि सरेकाे छ ।

हेर्नुहोस्, आजका मुख्य आर्थिक समाचारहरु :

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ । दुई बिन्दुलाई नेप्सेको मनोवैज्ञानिक रेखा भन्ने गरिएको छ । यस साता लगातार ३ दिनसम्म बढेको शेयर बजारले यस्तो रेखा पार गरेको हो ।

मङ्गलवार एकै दिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा कायम भएको छ ।

मङ्गलवार ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक किनबेच भएको छ ।

मङ्गलवार ३२० कम्पनीको शेयर कारोबार हुँदा २१९ कम्पनीको शेयर मूल्य बढ्यो भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

धितोपत्र कमिसन  घट्यो 

नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र दलालको सेवाशुल्क (कमिसन) घटाएको छ ।

यसअघि ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ०.३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि ५ करोड रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत सेवा शुल्क रहेकोमा त्यसलाई घटाएर ०.३३ प्रतिशत कायम भएको छ ।

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत सेवा शुल्क लाग्दै आएको त्यसलाई ०.३१ प्रतिशतमा झारिएको छ । २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.२७ प्रतिशतमा झारिएको छ ।

त्यसैगरी, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा ०.२४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।

यसैबीच, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया  जेठ १७ यता अघि नबढ्ने भएको छ । अर्थ मन्त्रालय पूर्णरुपमा बजेटमा केन्द्रित रहेका कारण नियुक्ति प्रक्रिया ढिलो भएको अर्थामन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले खबरहबसँग बताए । बजेटपछि बोर्डको अध्यक्षको प्रक्रिया अगाडि बढ्ने खत्रीले जानकारी दिए ।

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सरकारले बनाएको सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरिसकेको छ । जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरन्जिवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सन्तोषनारायण श्रेष्ठ छन् ।

सरकारले बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा कम्पनीहरूले आइपिओ जारी गर्नेदेखि धेरै कामहरू प्रभावित भएका छन् ।

सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत 

सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।

१० महिनामा बजेटको लक्ष्यको ६०.३५ प्रतिशत मात्रै खर्च 

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले लक्ष्यको ६०.३५ प्रतिशत मात्र खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य भएकोमा १० महिनामा १ खर्ब ११ अर्ब ८८ करोडमात्र खर्च भएको छ ।

वैशाख मसान्तसम्म कुल बजेट खर्च १० खर्ब नाघेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जुन लक्ष्यको ६०.३५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार मङ्गलवार दिउँसोसम्म सरकारले पुँजीगत खर्च शीर्षकमा ३७.४ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेको छ ।

सोही अवधिमा चालु शीर्षकमा भने सरकारले ६५.९१ प्रतिशत अर्थात् ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च गरेको छ । त्यस्तै सरकारले ६२।६ प्रतिशत वित्तीय व्यवस्थापनमा खर्च गरेको छ ।

त्यस्तै सरकारले समीक्षा अवधिसम्म आम्दानीको लक्ष्य पनि हासिल गर्न सकेको छैन ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १० : ४२ बजे

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर– कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ ।

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष