कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ | Khabarhub Khabarhub

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध कायमै राख्ने बताएको छ  । 

आज बसेको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले सो अडान कायम राखेको बताएको छ । कांग्रेस सचेतक सुशीला थिङले संसदीय छानबिन समिति नबनेसम्म अवरोध कायमै राख्ने खबरहबलाई बताइन । 

यता सत्ता दल  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र एमालेले भने कांग्रेसले ३ गते पनि अवरोध कायम गरे विकल्पहरू भएको बताएको छ। 

रास्वपाका संसद् मनिस झा ले भने, ‘व्यक्ति विशेष छानबिन समिति बन्दैन । देशमा यस्तो बेहाल छ । कांग्रेस व्यक्तिमाथि खनिएर बस्छ । उनले कांग्रेसले उठाएका मुद्दामा कुनै तुक नभएको बताए ।’ 

यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि छानबिन समिति नबन्ने कांग्रेसले यस्तै चरित्र देखाए बजेट ल्याउने अन्य विकल्प भएको बताए ।यता माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले अध्यादेशको बाटो देखाएको बताए । 

कांग्रेसले बजेट अधिवेशनको दोस्रो दीन पनि अवरोध कायम गरेपछि सभामुख देवराज घिमिरेले बैठक नै अनत्य गरे । 

कांग्रेसले अवरोध गरेपछि राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको धन्यवाद पत्र पनि सभामुखले पढ्न पाएनन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ५१ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून