कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ « Khabarhub

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध कायमै राख्ने बताएको छ  । 

आज बसेको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले सो अडान कायम राखेको बताएको छ । कांग्रेस सचेतक सुशीला थिङले संसदीय छानबिन समिति नबनेसम्म अवरोध कायमै राख्ने खबरहबलाई बताइन । 

यता सत्ता दल  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र एमालेले भने कांग्रेसले ३ गते पनि अवरोध कायम गरे विकल्पहरू भएको बताएको छ। 

रास्वपाका संसद् मनिस झा ले भने, ‘व्यक्ति विशेष छानबिन समिति बन्दैन । देशमा यस्तो बेहाल छ । कांग्रेस व्यक्तिमाथि खनिएर बस्छ । उनले कांग्रेसले उठाएका मुद्दामा कुनै तुक नभएको बताए ।’ 

यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि छानबिन समिति नबन्ने कांग्रेसले यस्तै चरित्र देखाए बजेट ल्याउने अन्य विकल्प भएको बताए ।यता माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले अध्यादेशको बाटो देखाएको बताए । 

कांग्रेसले बजेट अधिवेशनको दोस्रो दीन पनि अवरोध कायम गरेपछि सभामुख देवराज घिमिरेले बैठक नै अनत्य गरे । 

कांग्रेसले अवरोध गरेपछि राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको धन्यवाद पत्र पनि सभामुखले पढ्न पाएनन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ५१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।