पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए « Khabarhub

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

डेढ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ अपचलन गरेका छन् ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा-११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा-२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् ।

यसैगरी सहकारीका कानुनी सल्लाहकार पोखरा-१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा-३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा-३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा-८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।

सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखराको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको थियो ।

यसैगरी प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ९ : ५३ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग