पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा « Khabarhub

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले बुधबार र बिहीबार मेची राजमार्गको तमोर करिडोर अन्तर्गत ताप्लेजुङ खण्डमा यातायात बन्द आह्वान गरेका हुन्‌ ।

‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्था केन्द्र आध्यात्मिक स्थल मुक्कम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको र त्यहाँ केबलकार बनाउन लागिएको बिरुद्धमा विगतदेखि नै हामी आन्दोलनरत रहेको कुरा सर्वविदितै छ,’ बन्द आह्वानकर्ताद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङ क्षेत्रमा जबरजस्त केबलकार बनाउन डकैत शैलीमा आधारातमा रुख कटान गर्न खोजिएको आरोप बन्दकर्ता संघसंस्थाले लगाएका छन्‌ ।

चोरी दाउमा बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत ढकमक्क फुलिरहेका लाखौँ राष्ट्रिय फूल लालिगुराँस ढालेर उजाड बनाइएको पनि उनीहरूले दाबी गरेका छन्‌ । केबलकार निर्माण योजना रद्द गर्न र वन फडानीमा संलग्न व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्न पर्ने माग उनीहरूको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केaलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः  नामाङ्कन अभियान समिति, किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ र मुक्कमलुङ तान्से:प्‌ चुम्भोले बन्द आह्वान गरेका हुन्‌।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ११ : ०६ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन