पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा « Khabarhub

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले बुधबार र बिहीबार मेची राजमार्गको तमोर करिडोर अन्तर्गत ताप्लेजुङ खण्डमा यातायात बन्द आह्वान गरेका हुन्‌ ।

‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्था केन्द्र आध्यात्मिक स्थल मुक्कम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको र त्यहाँ केबलकार बनाउन लागिएको बिरुद्धमा विगतदेखि नै हामी आन्दोलनरत रहेको कुरा सर्वविदितै छ,’ बन्द आह्वानकर्ताद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङ क्षेत्रमा जबरजस्त केबलकार बनाउन डकैत शैलीमा आधारातमा रुख कटान गर्न खोजिएको आरोप बन्दकर्ता संघसंस्थाले लगाएका छन्‌ ।

चोरी दाउमा बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत ढकमक्क फुलिरहेका लाखौँ राष्ट्रिय फूल लालिगुराँस ढालेर उजाड बनाइएको पनि उनीहरूले दाबी गरेका छन्‌ । केबलकार निर्माण योजना रद्द गर्न र वन फडानीमा संलग्न व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्न पर्ने माग उनीहरूको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केaलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः  नामाङ्कन अभियान समिति, किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ र मुक्कमलुङ तान्से:प्‌ चुम्भोले बन्द आह्वान गरेका हुन्‌।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ११ : ०६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ