नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी « Khabarhub

नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ।

समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एकएक अंक जोडेका छन्।

बिहीबार राति बंगलादेशले दिएको १६० रनको चुनौती पछ्याएको नेदरल्यान्ड्स २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्कासहित ३४ रनको योगदान दिए। महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए।

१६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए भने कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए। माइकल लेभिटले १८, आर्यन दत्तले १५ रन जोड्दा म्याक्स ओ डाउडले १२ रन बनाए।

बंगलादेशका लागि रिसाद होसेनले तीन विकेट हात पारे। अब बंगलादेशले समूह चरणको अन्तिम खेल नेपालसँग खेल्नेछ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ३७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित