विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित « Khabarhub

विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ।

शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो। विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो।

ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए।

सुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए। विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे।

पहिले ब्याटिङ गरेको ओमान १३.२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो। उसका लागि सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

इंग्ल्यान्डका लागि आदिल रसिदले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। जोफ्रा आर्चर र मार्क वुडले तीनतीन विकेट लिए। उनीहरुले १२–१२ रन खर्चिएका थिए।

समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो। नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ। सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ। तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ।

समूह चरणको अन्तिम खेल खेलेको ओमान बिना अंक विश्वकपबाट बाहिरिएको छ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : ०८ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी