विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)ले अफगानिस्तानलाई ९६ रनको चुनौती दिएको छ।

शुक्रबार बिहान अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले एक बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको हो।

पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाए। अले नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि चार ओभर बलिङ गरेका फजलहक फारुकीले १६ रन दिँदै तीन विकेट हात पारे। नवीन उल हकले दुई विकेट लिँदा मात्र ४ रन दिए। नूर अहमदले एक विकेट हात पारे।

समूह ‘सी’को अफगानिस्तान दोस्रो स्थानमा छ। पिएनजी भने चौथो स्थानमा छ। चार अंकसहित दोस्रो स्थानमा रहेको अफगानिस्तान पिएनजीमाथि जित निकाल्दै एक खेल अगाडि नै सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा छ। यो समूहबाट वेस्ट इन्डिज यसअघि नै सुपर ८ प्रवेश गरिसकेको छ।

समूह ‘सी’मा दुई अंक जोडेको युगान्डा तेस्रो स्थानमा छ भने पिएनजी र न्युजिल्यान्डले अंक जोड्न सकेका छैनन्।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ०४ बजे

नेपालसहित ६ देशले जिते आईसीसी डेभलपमेन्ट अवार्ड

काठमाडौं–आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको

फ्रेन्च पत्रिका लेख्छ- नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन !

काठमाडौं- १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल

झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान

भद्रपुर– जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको

प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य 

पोखरा– प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी