विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती « Khabarhub

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)ले अफगानिस्तानलाई ९६ रनको चुनौती दिएको छ।

शुक्रबार बिहान अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले एक बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको हो।

पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाए। अले नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि चार ओभर बलिङ गरेका फजलहक फारुकीले १६ रन दिँदै तीन विकेट हात पारे। नवीन उल हकले दुई विकेट लिँदा मात्र ४ रन दिए। नूर अहमदले एक विकेट हात पारे।

समूह ‘सी’को अफगानिस्तान दोस्रो स्थानमा छ। पिएनजी भने चौथो स्थानमा छ। चार अंकसहित दोस्रो स्थानमा रहेको अफगानिस्तान पिएनजीमाथि जित निकाल्दै एक खेल अगाडि नै सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा छ। यो समूहबाट वेस्ट इन्डिज यसअघि नै सुपर ८ प्रवेश गरिसकेको छ।

समूह ‘सी’मा दुई अंक जोडेको युगान्डा तेस्रो स्थानमा छ भने पिएनजी र न्युजिल्यान्डले अंक जोड्न सकेका छैनन्।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ०४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै