सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित « Khabarhub

सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीय आक्रोशित


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सरकारले सेनालाई घरजग्गा भाडामा दिएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । सरकारले पाकिस्तानी सेनाको मातहतमा रहेको ग्रीन पाकिस्तान टुरिजम नामक कम्पनीलाई ३७ वटा घर भाडामा दिने भएको हो ।

तीमध्ये २० वटा घर सञ्चार एवम् कार्य विभागको स्वामित्वमा रहेको र १७ वटा भवन तथा ४५० एकड जमिन वन विभागको स्वामित्वमा रहेको खामा प्रेसले जनाएको छ ।

सरकारले सञ्चार एवम् कार्य विभागका भवन मासिक ७ लाख पाकिस्तानी रुपैयाँमा भाडामा लगाएको छ भने वन विभागको घरजग्गा १ लाख ३५ हजार रुपैयाँमा भाडामा दिएको छ ।

सरकारी जग्गा सेनाको मातहतमा रहेको कम्पनीलाई भाडामा दिने प्रक्रियामा अपारदर्शीता भएको भन्दै गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिज उर रहमान रर पाकिस्तान पिपुल्स पार्टीका नृता अब्बास मोसबीले प्रश्न उठाएका छन् । त्यसबाहेक स्थानीय अगुवाहरुले पनि यस सम्झौताको पुनरावलोकन गर्न माग गरेका छन् ।

पाकिस्तानी सेना यस्ता धेरै व्यवसायिक परियोजनामा संलग्न रहेको बताइन्छ । यसबाट स्वार्थको द्वन्द्व हुने र आर्थिक विकास एवम् मुलुकको लोकतान्त्रिक शासन पद्धतिमा नकारात्मक असर पर्दै आलोचकहरु बताउँछन् ।

यता पाकिस्तानी सेनाले भने राष्ट्रिय सुरक्षा र आर्थिक विकासका लागि जग्गा भाडामा लिनु परेको प्रतिक्रिया दिएको छ । खामा प्रेसका अनुसार गिल्गिट बाल्टिस्तानसहित मुलुकका धेरै स्थानमा व्यवसायिक परियोजनाका कारण सेना र किसानबीच तनाव उत्पन्न हुँदै आएको छ ।

पञ्जाब प्रान्तको ओकरामा सेनाले फाराम सञ्चालन गरेयता त्यहाँ पनि सेना र स्थानीय किसानबीच विवाद उत्पन्न हुँदै आएको छ । यस विवादले बेला बेला झडपको रूप लिँदै आएको खामा प्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ४६ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका