युभेन्टसको प्रशिक्षक बने थियागो मोटा « Khabarhub

युभेन्टसको प्रशिक्षक बने थियागो मोटा


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । 

युभेन्टसले मासिमिलियानो एलेग्रीलाई हटाएर उनको ठाउमा मोटालाई प्रशिक्षक बनाएको हो । युभेन्टसले एलेग्रीलाई यस अघि नै बर्खास्त गरेको थियो ।

मोटाले युभेन्टसमा २०२७ जुन ३० सम्मको सम्झैतामा हस्ताक्षर गरेका छन् । ४१ वर्षीय मोटा यसअघि इटालीकै अर्को क्लब बोलोग्नाको मुख्य प्रशिक्षक थिए ।

आफ्नो दोस्रो सिजनमै उनले गत वर्ष बोलोग्नालाई इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए । 

ब्राजिल र इटालीको राष्ट्रिय टिमबाट खेलाडीको रुपमा खेलेका मोटाले व्यावसायिक फुटबल बार्सिलोना, पिएसजी, इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् । उनले ब्राजिलका लागि

२००३ मा २ खेल खेलेका थिए भने त्यसपछि उनी २०११ देखि २०१६ सम्म इटालीका लागि खेलेका थिए । इटालीको राष्ट्रिय टिमबाट ३० खेल खेलेका उनले एक गोल समेत गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : २१ बजे

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको