हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग « Khabarhub

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको सरकारी अस्तित्व कायम राख्न माग उठेको छ। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधीनमा आउने भनिएको हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने माग सार्वजनिक गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले बिहीबार विज्ञप्ति जारी गर्दै हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग गरेका छन्। २०१८ सालबाट स्थापना भई ऐतिहासिक परम्परा बोकेको हेटौंडा अस्पतालमाथि हालै राजनीतिकरण हुने प्रयास भएको उनले बताए।

‘आम जनताको बिरामीले सहज पहुँच पाउने गरी सेवा दिँदै आएको हेटौंडा अस्पतालमाथि राजनीतिकरणका ढंगले फरक बनाउन खोजिएको हामीले महसुस गरेका छौं,’ महतले भने, ‘विना स्वार्थ सधैँ सेवा दिनुपर्ने एउटा ऐतिहासिक अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं।’

बिरामीहरूलाई सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेटौँडा अस्पतालले विपन्न, बेवारिसे र अतिविपन्नलाई निःशुल्क उपचार सेवा दिँदै आएको उनले बताए। मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धी हकमा नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नुपर्ने उल्लेख गरिएकाले सरकारी अस्पताल कायम रहनुपर्ने उनको जिकिर छ।

‘सबैले सहजरुपमा उपचार सेवा प्राप्त गर्न सक्ने स्थान भनेको सरकारी अस्पताल नै हो,’ महतले भने, ‘आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सरकारी अस्पतालले निःशुल्क उपचार गर्नुपर्छ। स्वास्थ्य सम्बन्धी मौलिक हकको संरक्षण गर्न सरकारी अस्पताल नै बाध्य छ।’

बागमती प्रदेशसभाबाट जारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको केही दफा विवादास्पद रहेको उनले बताए। ऐनले हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानको अस्पताल मान्ने भनिए पनि त्यसलाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने उनको मत छ।

‘जनतामा जोडिएको हेटौँडा अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं,’ महतले भने, ‘प्रदेश सरकारले ऐन खारेज गरेर प्रतिष्ठानको लागि आवश्यक जग्गा छुट्याउनुपर्छ भने हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम गरिनुपर्छ।’

हेटौँडा अस्पतालमा हालसम्म आईसीयू, डाइलाइसिस लगायतका सेवा सञ्चालनमा रहेको र अरु थप सेवा विस्तार गर्न नयाँ भवन निर्माण भइसकेको विज्ञप्तिमा उल्लेख छ। कोभिड-१९ महामारीको समयमा पनि अस्पतालले महत्वपूर्ण भूमिका निभाएको थियो। हेटौँडा वासीहरूको ऐतिहासिक साँगसाथ रहेको हेटौँडा अस्पतालको अस्तित्व सरकारी अस्पतालकै रुपमा कायम राखिनुपर्ने उनको माग छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ४१ बजे

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा