नेपालका धार्मिकस्थलको दर्शन गर्न प्रकाशशरण महतको आग्रह « Khabarhub

नेपालका धार्मिकस्थलको दर्शन गर्न प्रकाशशरण महतको आग्रह


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।  

भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले को नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् । 

‘हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमऋंखलाहरु छन् । मधेशदेखि हिमालसम्मको लोभ लाग्दो हावापानी हाम्रै नेपालमा छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै जुट्नु पर्ने बेला भयो,’ प्रवक्ता महतले भने, ‘हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।’

उनले अहिले समाजिक सञ्जालमा गलत कुराको प्रचारबाजी गर्ने काम बढ्दै गएको भन्दै गलत कुराको प्रचाबाजी गर्ने कार्यलाई रोक्न भारतीय वर्किङ जर्नालिस्ट युनियनले पनि आफ्नो ठाउँबाट कलम चलाउनु पर्नेमा जोड दिए । 

प्रवक्ता महतले भारत र चीनको बीचमा भएकाले नेपाल सानो जस्तो देखिए पनि सानो देश नभएको बताए । जनसंख्या र भूगोलको हिसाबले विशाल देश भारतको हृदय पनि विशाल हुनुपर्ने उनको भनाइ थियो । 

नेपाल र भारतको सम्बन्ध युगौंदेखिको भएको भन्दै महतले सम्बन्धलाई सुमधुर बनाउन दुवै देश सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : ५४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५