असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर « Khabarhub

असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटामध्ये ११ वटा बैंकले जेठको तुलनामा असार महिनामा ब्याजदर घटाएका हुन् ।

त्यस्तै, ३ बैंकहरूले भने ब्याजदर बढाएका हुन् । अन्य ६ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर स्थिर नै राखेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार, जेठ महिनामा एभरेष्ट बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा असारमा ब्याजदर घटाएर ५.७५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशत, एसबीआई बैंकले ६.३९ प्रतिशतबाट ६.३० प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशतबाट ६.५ प्रतिशत, ग्लोबल आइएमईले ७.५ प्रतिशतबाट ६.५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट ६.५६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशत, सानिमा बैंकले ६.९ प्रतिशतबाट ६.८ प्रतिशत, सिटिजन्स बैंकले ७ प्रतिशतबाट ६.९ प्रतिशत, एनएमबी बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशत र एनआइसी एसिया बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशतमा झारेका हुन् । असारमा बैंकहरूले ७ प्रतिशतबाट ब्याजदर केही घटाउन थालेका हुन् ।

त्यस्तै, हिमालय बैंकले जेठमा ७.५ प्रतिशत ब्याजदर कायम गरेकोमा असारका लागि ब्याजदर बढाएको छ । उक्त बैंकले असारका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । त्यस्तै, माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएको छ भने नबिल बैंकले ६.७५ प्रतिशत जेठमा कायम भएको ब्याजदर बढाएर असारमा ७ प्रतिशत पुर्‍याएको हो ।

त्यसबाहेक, अन्य ६ बैंकले जेठमै कायम भएकै ब्याजदर असारमा स्थिर राखेका छन् । कृषि विकास बैंकले ५.६६६१ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकले ७ प्रतिशत र प्रभु बैंकले ७.५ प्रतिशत ब्याजदर जेठ महिनामा कायम गरेका थिए ।

ती बैंकहरूले असारमा पनि सोही ब्याजदरलाई नै स्थिर राखेका हुन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : १७ बजे

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप