विपदमा परेकाको समयमै उद्धार गर्न सांसदको माग « Khabarhub

विपदमा परेकाको समयमै उद्धार गर्न सांसदको माग


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सचिव समेत रहेका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एक परिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो ।

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए । ‘हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ’, उनले भने ।

यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरिन् । ‘काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु’, उनले भनिन् ।

सांसद विजुला रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–७ का ३१ वर्षीय बाबुराम घर्तीको पाल्पामा जनसेवा गर्दागर्दै करेन्ट लागेर निधन भएको घटनाप्रति दुःख व्यक्त गरिन् । उनले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन् ।

सेवामूलक कामका सिलसिलामा निधन भएकाका परिवारलाई स्पष्ट नीति बनाएर क्षतिपूर्ति दिनसमेत उनले माग गरिन् । सांसद रायमाझीले महिला सुरक्षाबारे गम्भीर बन्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : ५१ बजे

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल