सांसद बजगाईँको सुझाव- नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौँ « Khabarhub

सांसद बजगाईँको सुझाव- नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौँ


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईँले बनिरहेको संसद् भवनमा ‘बार’ निर्माण गर्न सुझाव दिएका हुन् ।

उनले भने- ‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।’

उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ३ : १७ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६