शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस् « Khabarhub

शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस्


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् ।

कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्किन र निष्क्रिय भएकाहरूलाई समेत सक्रिय हुन आग्रह गरेका छन् ।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्ति सक्रिय भएको उनले सुनाए ।

कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको पनि बताएका छन् । उनले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो पार्टीको आवश्यकता रहेको उल्लेख गरे ।

‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो’, उनले भने ।

हिजो जे कारणले छाडे पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किन कोइरालाले सबैलाई आग्रह गरे ।

‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौं’, उनले भने ।

कोइरालाले गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको पनि उनले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : १९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६