भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास | Khabarhub Khabarhub

भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र जापानले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । जापानको योकोसुकामा दुई मुलुकका नौसैनिकबीच संयुक्त अभ्यास सञ्चालन भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस अभ्यासमा भारतले आईएनएस शिवालिक परिचालन गरेको छ ।

योकोशुकामा आईएनएस शिवालिकलाई जापानका लागि भारतीय राजदूत सिबी जर्ज र जापानी नौसेनाका कमाण्डर भाइस एडमिरल इटो हिरोशीले स्वागत गरेको भारतीय रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यी दुई मुलुकबीच सन् २०१२ यता संयुक्त नौसैनिक अभ्यास सञ्चालन हुँदै आएको छ । भारतीय रक्षा मन्त्रालयले यस संयुक्त नौसैनिक अभ्यासले दुई मुलुकका नौसेनाबीचको सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरेको छ ।

यस अभ्यासले दुबै मुलुकका नौसेनालाई एक अर्काको नौसैनिक रणनीति एवम् युद्ध लड्ने कलाबारे परिचित गराउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : २० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले