व्यास नगरपालिकाको पुनः मतगणना स्थगित « Khabarhub

व्यास नगरपालिकाको पुनः मतगणना स्थगित


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ । उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो ।

यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो । सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बॉकी छ ।

उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ । यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।

सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ०२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल