धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि छनोटमा परेका पाँच प्रतिस्पर्धीलाई तयारी अवस्थामा रहन फोन गएसँगै अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो ।

अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन तर पनि प्रक्रिया अर्को सातासम्म टुंगाउँने तयारी रहेको स्रोतको दाबी छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय सिफारिस समितिले पाँच प्रतिस्पर्धीबाट मूल्याङ्कनका आधारमा तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । तीन जनाबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्षका लागि छनोटमा पाँच प्रतिस्पर्धी सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाई छन् ।

१०० अंकको मूल्याङकनसम्बन्धी अंकभार अंकभार चार शीर्षकमा विभाजन कायम गरिएको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, अन्तरवार्तामा ३० अंक, प्रस्तुतीकरणमा १८ अंक र शैक्षिक योग्यतामा १२ अंकभार कायम गरिएको छ ।

बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो भने समितिले आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : २३ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ