सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ | Khabarhub Khabarhub

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ । त्यहाँ रहेको कम्प्युटरमा उक्त कारोबार भएको पाइएपछि ल्याबमा काम गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।

उक्त आरोपमा कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवन ठिमीको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहाँका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

उक्त कम्प्युटर बरामद गरी उल्लिखित ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई ठिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ३२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग