सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ « Khabarhub

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ । त्यहाँ रहेको कम्प्युटरमा उक्त कारोबार भएको पाइएपछि ल्याबमा काम गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।

उक्त आरोपमा कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवन ठिमीको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहाँका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

उक्त कम्प्युटर बरामद गरी उल्लिखित ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई ठिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ३२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन