आज २०८१ साल असार ३० गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ३० गते आइतबारको राशिफल


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ३० गते आइतबार तदनुसार सन् २०२४ जुलाई १४ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। कृषि क्षेत्रबाट नाफा हुनेछ। काम गर्ने जोस बढ्नेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष : साथीसँग रमाइलो भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ। नयाँ कामको सुरुवात हुनेछ। दाजुभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा चासो बढ्नेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ।

मिथुन : धार्मिक कार्यमा सहभागी बनेमा दिन सफल बन्नेछ। धर्ममा सहभागी हुँदा मन शान्त हुनेछ। संघर्षको फल प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आफन्त नै विरोधमा उत्रने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको विरोध हुनेछ। परिवारको सुझावमा अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। लगानीले उत्साह थपिने छ।

कन्या : दैनिकी राम्रो छ। महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। यो निर्णयले व्यापारमा उत्साह बढ्नेछ। शुभकार्यमा सहभागी हुने योग छ। लगानीबाट फाइदा हुनेछ। परिवारबाट सकारात्मक सहयोग मिल्नेछ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : धेरै समय राजनीतिक संगठनमा बित्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। व्यापार गर्ने भए कृषिको क्षेत्रमा राम्रो आम्दानी हुनेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रामा खर्च बढ्ने दिन छ। लगानी गर्नुभन्दा भएको जोगाउनुपर्ने समय छ। अनावश्यक घुमफिर भन्दा निजी काम गर्ने दिन हो। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ।

धनु : आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ। कुनै प्रतियोगितामा सहभागी भए सफल बन्ने दिन छ। असम्भव लागेका कामहरु सम्भव हुनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। समस्या बिर्सिएर अगाडि बढ्ने दिन छ। विशेष व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ संगतले राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्ध उत्साहजनक हुनेछ।

कुम्भ : समस्यासँग जुधेर सफलता मिल्नेछ। तपाईंको श्रमको मूल्यमाथि अर्कोले हस्तक्षेप गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट भने लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सहज हुनेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। आफ्नो आस्थाविरुद्ध अर्कोले बोलेको सुन्नुपर्ने हुनसक्छ। सहयोगी साथीले कुरा काट्नेछन्। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : ०६ बजे

संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण

धरान– लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा

शृङ्गेरीका शंकराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना

काठमाडौं– दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले

डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा

काठमाडौं– नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी

गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द