युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास | Khabarhub Khabarhub

युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास



भनिन्छ- ‘परिश्रमको फल मीठो हुन्छ।’ यो शतप्रतिशत सत्य हो। तर पनि विश्वमा अरुलाई ठगेर अर्थात परिश्रम नगरी मीठो फल चाख्नेको कमी छैन। चोरी, डकैती गर्ने व्यक्तिलाई कानुनले पनि छोड्दैन। तर अपराध गरेर कानुनको हातमा नपरी मोज गर्ने संसारमा धेरै पाइन्छन्। यस्तै अर्काको धन ठगेर कानुनको शिकार नभई मोज गर्ने दुई सफल ठगहरु हुन- फिलिप आर्नोल्ड र जोन स्मेक। यी दुई ठग मिलेर ठूला ठूला योजना बनाउँथे र माल हात परेपछि सुइँकुच्चा ठोक्थे।

फिलिप स्लेक सुरुदेखिनै ठग थिएनन, जब बिना मेहनत धनी बन्ने भूत चढ्यो अनि मात्र यिनीहरु ठग बने। सन् १८७१ मा यी दुई पुरै युरोप घुमे। स्टिमरमा बसेर आन्ध्र महासागर पार गर्दा यिनीहरुले खुब मनोरन्जन प्राप्त गरे। यात्रा कछुवा चालमा अघि बढ्दै थियो। तर अल्छीलाग्दो चाहिँ थिएन। यात्रामा धेरै कुरा देखे, सिके।

अपराध गरेर कानुनको हातमा नपरी मोज गर्ने संसारमा धेरै पाइन्छन्। यस्तै अर्काको धन ठगेर कानुनको शिकार नभई मोज गर्ने दुई सफल ठगहरु हुन- फिलिप आर्नोल्ड र जोन स्मेक। यी दुई ठग मिलेर ठूला ठूला योजना बनाउँथे र माल हात परेपछि सुइँकुच्चा ठोक्थे।

यिनीहरुसँग पैसाको कुनै कमी थिएन। आफूलाई चाहिने जति पैसा हातमा थियो। लगभग ३५ हजार डलरका मालिक थिए। त्यसबेला त्यो रकम भनेको धेरै ठूलो हो। यो पैसा फिलिप र स्लेकले वर्षौं मेहनत गरेर कमाएका थिए। धन सम्पत्तिबाट मानिस कहिल्यै सन्तुष्ट हुँदैन भने झैं यिनीहरु पनि आफूसँग भएको धनलाई अझ दश गुणा बनाउन चाहन्थे। यस्तो हुन एक मात्र उपाय थियो, धनी मानिसको विश्वास जित्ने र उनीहरुको सम्पत्ति हडप्ने।

यस्तै काम गर्न फिलिप र जोनले एउटा सानदार योजना बनाए। उनीहरु आफ्नो योजना सफल हुनेमा विश्वस्त थिए। तैपनि प्रस्तावित योजनालाई यिनीहरुले पटक पटक जाँचे। गल्ती सच्याए र सबै व्यहोरा तयार पारे।

यसैकारण असफलताबाट डराउनुपर्ने कुनै कारण थिएन। आफ्नो सम्पूर्ण योजना तयार गरेपछि केही महिना दुवैजना युरोप घुमे। उनीहरुलाई यस्तो व्यक्तिको आवश्यकता थियो, जो सजिलै आफ्नो शिकार बनोस्।

उनीहरुले गोप्य रुपमा हिराको व्यापारीलाई आफ्नो शिकार बनाउने निर्णय गरे। हिरा व्यापारीसँग अरुभन्दा बढी पैसा हुन्थ्यो। यसैकारण उनीहरुले केही हिरा व्यापारी भेटे। उत्तरी बेल्जियमको एटनपर्वमा आफ्नो कामका मानिसलाई भेटे। त्यहाँ उनीहरुले आफूसँग भएको सबै पैसाले हिरा किने। ती हिरामध्ये अधिकांश कच्चा र केही प्रशोधित थिए। यी हिरा उनीहरु सधैं आफूसँग राख्न चाहँदैनथे। उनीहरुको योजना अलग्गै थियो।

सन् १९७२ को गर्मीको दिनमा फिलिम र जोन सनफ्रान्सिस्को बैंक अफ क्यालिफोर्नियामा पसे। उनीहरुको हातमा सानो थैली थियो, जसलाई डोरीले बाँधिएको थियो। त्यो थैली लिई ती दुई बैंकको म्यानेजरको कोठामा पसे।

पैसा कमाउने अभियान सफल बनाउन टाढाको ईलाका छाने। रेल्वे स्टेशनबाट केही दुरीमा रहेको त्यो इलाका अनकन्टार र निर्जन थियो। सन् १९७२ को गर्मीको दिनमा फिलिम र जोन सनफ्रान्सिस्को बैंक अफ क्यालिफोर्नियामा पसे। उनीहरुको हातमा सानो थैली थियो, जसलाई डोरीले बाँधिएको थियो। त्यो थैली लिई ती दुई बैंकको म्यानेजरको कोठामा पसे। प्राथमिक औपचारिकतापछि उनीहरुले मेनेजरलाई आफ्नो थैली बैंकमा राखिदिन आग्रह गरे। मेनेजरले स्वीकृतिको सूचना दिए। फिलिपले उक्त थैली मेनेजरको हातमा राखिदियो र दुवै गुनगुनाउँदै बाहिर निस्किए।

मेनेजरले आफ्नो उत्सुकता रोक्न सकेन। त्यसैकारण फिलिप र जोन बाहिर निस्कनासाथ थैली खोल्यो र टेबलमा फैलायो। मेनेजरका आँखा खुलेका खुल्यै भए। उसले आफ्ना अगाडि हिरा चम्किरहेको पत्याउनै सकेन। त्यसपछि मेनेजर दौडदै बैंक मालिक कहाँ पुग्यो। उक्त बैंकको मालिकको नाम विलियम रेलस्टन थियो। ऊ अलि कडा मिजासको थियो। मेनेजर देखेपछि उसले सोध्यो- किन आयौ ? मेनेजरले मालिकलाई चुप लाग्न इशारा ग-यो। उनको अगाडि थैली खोलिदियो। रेलस्टन अचम्मित भयो। किनभने उसको अगाडि अत्यन्त मूल्यवान हिरा थियो।

रेलस्टनले सोध्यो–‘तिमीले यो कहाँबाट पायौ ?’ मेनेजरले फिलिप र जोनको सम्पूर्ण कहानी सुनायो। जसले थैली छाडेका थिए। उसले भन्यो हेर्नमा त दुबै सज्जन थिए र शायद अब तिनीहरु शहर घुम्न गए होलान। रेलस्टनले भन्यो ठीक छ, अब तिनीहरु आउने बितिक्कै म कहाँ ल्याउनु।

दुई दिनसम्म त्यो अधिकारी फिलिप र जोनको प्रतिक्षामा बस्यो। आखिर केही सीप नलागेपछि रेलस्टनले आफ्ना कर्मचारीलाई तिनीहरुको खोजीमा पठायो। ती कर्मचारीले सहरका सम्पूर्ण व्यापारिक महलदेखि मदिरा पसलसम्म चाहारे। अन्त्यमा नशामा डुबेको अवस्थामा फिलिप र जोलाई कर्मचारीलाई फेला पारे। ती कर्मचारीले अनेकौं प्रयासपछि तिनीहरुलाई होसमा ल्याए। उनीहरुलाई रेलस्टन अघिल्तिर पु-याइयो। त्यसपछि हिराको विषयमा सोधखोज भयो। तर दुवैले हिराको विषयमा चुँसम्म गरेनन। रेलस्टनले तिनीहरुलाई बोल्न बाध्य बनाए। कयौंपल्ट सोधेपछि उनीहरुले आफूहरुले हिराको खानी पत्ता लगाएको रहस्य खोले।

‘मेरो विचारमा त्यो हिराको खानी किम्बर्लेको हिरा खानीभन्दा ठूलो छ।’ फिलिपले भन्यो। उनीहरुले त्यो जमिन अझसम्म पनि आफूले किनिनसकेको रेलस्टनलाई सुनाए। तर त्यो हिराखानी कसैलाई पनि देखाउन नचाहेको बताएर अझ रहस्य पैदा गरिदिए।

रेलस्टनले विचार ग-यो- यो भन्दा लगानीका लागि उपयुक्त अरु क्षेत्र त हुनै सक्दैन। उसले फिलिप र जोनलाई त्यो जग्गा किन्ने पैसा दिन आफू तयार रहेको बतायो। यसका लागि दुवैले रेलस्टनलाई धन्यवाद दिए। तर एउटा शर्त राखे। उनीहरुको शर्त रेलस्टनले उक्त जग्गामा जाँदा आँखामा पटी बाँध्नुपर्ने थियो।

सम्झौताका शर्तहरु तयार भए। काल्टन ती दुईका साथ लागेर खानीमा गयो। जब ऊ फर्केर आयो, उसको मुहार खुसीले उज्यालो थियो। उसले आफूले हिराको खानी देखेको रेलस्टनलाई भन्यो।

जबसम्म सम्झौता हुँदैन, तबसम्म यसको भेद कसैलाई खोल्न चाहँदैनथे। रेलस्टनले यो शर्त सहजै स्वीका-यो। उसलाई ती युवकको कुरा तर्कसंगत लाग्यो। रेलस्टनले त्यस ठाउँमा पहिला आफू नगई आफ्नो अति विश्वासिलो साथी इन्जिनियर डेविड काल्टनलाई पठाउन चाहेको फिलिप र जोनलाई बतायो। यदि काल्टन फर्केर आई ती दुईको कुरा सत्य भएको विश्वास दिलाएमा उसले त्यहाँ पैसा लगानी गर्ने विचार प्रकट ग-यो।

सम्झौताका शर्तहरु तयार भए। काल्टन ती दुईका साथ लागेर खानीमा गयो। जब ऊ फर्केर आयो, उसको मुहार खुसीले उज्यालो थियो। उसले आफूले हिराको खानी देखेको रेलस्टनलाई भन्यो। उसका कुरा सुनेर रेलस्टन खुसीले नाच्न थाल्यो। काल्टनले रेलस्टनलाई त्यो हिराको टुक्रा पनि देखायो, जुन उसले खानीबाट टिपेर ल्याएको थियो।

रेलस्टनले फिलिप र जोनलाई ५० हजार डलर दियो। उसले दुईको नाममा तीन लाख डलरको खाता पनि खोलिदियो, जुन खातामा भएको पैसाको जुनसुकै बेला उपयोग गर्न सक्थे। यसका साथै खन्ने काम सुरु हुनासाथ साढे तीन लाख डलर दिने वचन पनि ती दुईलाई दियो। रेलस्टनले हत्तपत्त उक्त खानी खन्न केही धनाढ्यलाई हिस्सेदार बनायो। ती हिस्सेदारमा वेरन एन्थोनी, होरेस ग्रीले र चार्ल्स लेविस नामका करोडपति थिए। चार्ल्स त त्यतिबेलाका युरोपकै प्रतिष्ठित हिरा व्यापारी थिए।

ती तीनै जनाले हिराको खानी हेर्न पाउनुपर्ने माग गरे। फिलिप र जोनले पनि तिनीहरुलाई व्यामिङको एक्लास सहर पु-याए। त्यहाँ पुगेपछि तिनीहरुले चारैतिर हिरा फैलिएको विश्वासै गर्न सकेनन। तीनै जनाले त्यहाँ छरिएका हिरा हातमा लिएर हेरेपछि मात्र त्यहाँबाट खनेर प्रशस्त हिरा निकाल्न सकिने विश्वास लाग्यो। रेलस्टनले चाँडै खन्ने काम थाल्ने आश्वासन दिए। उसले फिलिप र जोनलाई बोलायो र धम्काउन लाग्यो। ती दुई जना यस काममा अनभिज्ञ रहेको सिद्ध गर्न चाहन्थ्यो।

रेलस्टनको प्रस्तावमा दुवै जनालाई सहमत हुनु नै थियो। सम्झौतामा दुवै समूहले हस्ताक्षर गरे। फिलिप र जोनले सबै पैसा लिई सम्पूर्ण अधिकार रेलस्टनलाई सुम्पिदिए। र गुडलक भन्दै बिदा भए।

उसले हिराको सम्पूर्ण अधिकार आफूलाई सुम्पिदिन आग्रह ग-यो। यसको बदलामा उनीहरुलाई सात लाख डलर थप दिने बतायो। यो प्रस्तावमा ती दुईले आनाकानी गरे। वास्तवमा त्यो जोडदार अभिनय मात्र थियो। कि उनीहरुले रेलस्टनलाई त्यो मोडमा लिए। जहाँ उनीहरु ल्याउन चाहन्थे। रेलस्टनको प्रस्तावमा दुवै जनालाई सहमत हुनु नै थियो। सम्झौतामा दुवै समूहले हस्ताक्षर गरे। फिलिप र जोनले सबै पैसा लिई सम्पूर्ण अधिकार रेलस्टनलाई सुम्पिदिए। र गुडलक भन्दै बिदा भए।

रेलस्टनलाई के थाहा साढे सातको दशा यहीँबाट सुरु भयो। ऊ फेरि खानीमा गयो। उसले एकपटक त्यसक्षेत्रको राम्ररी निरीक्षण ग-यो। जब उसले त्यहाँ एउटा प्रशोधन गरिएको हिरा देख्यो, उसलाई भयंकर धक्का लाग्यो। त्यो हिरा खानी नभई कसैले हिरा छरेको मात्र थियो। छर्न पनि यसरी छरिएको थियो कि जसलाई कसैले शंका गर्दैनथे। त्यसलाई हिराखानी भन्न जो कोही तयार थिए।

रेलस्टनलाई पसिना आउन थाल्यो। उ दारा किट्न थाल्यो। उसको जिउ काँप्न थाले। गिडगिडाउनु बाहेक उ संग कुनै उपाय बाँचेको थिएन। जसलाई अनभिज्ञ सम्झन्थ्यो, उनीहरुले नै खेल खेलेर गए। ऊ आफ्नो गल्तीको शिकार भयो। फिलिप र जोनलाई कानुनले पनि छुँदैनथ्यो। उनीहरुसँग रेलस्टनले दस्तखत गरेका कागजपत्र थिए। उनीहरुसंग व्यक्तिगत बद्ला लिन पनि असम्भव थियो। प्रहरीमा खबर गरिसकेका थिए। पैसा हात पार्नासाथ उनीहरु अलप थए। यता रेलस्टन रातारात भिखारी भए।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५७ बजे

भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा

नयाँदिल्ली– सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये

दुग्ध क्षेत्रको विकास गर्न हेफर र कृषि मन्त्रालयबीच समझदारी 

काठमाडौं –दुग्ध क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सिमकोट – सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका

घोराहीमा चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

देउखुरी – दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने

जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन

जनकपुरधाम -व्यवसायीको जग्गा छल गरी लिलाम गरेको आरोप लगाउँदै स्थानीय