आइसल्यान्डमा पनि भेटियो लामखुट्टे « Khabarhub

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै साता यसबारे जानकारी दिएका छन्। हालसम्म एन्टार्कटिका र आइसल्यान्डलाई त्यस्तो ठाउँ मानिन्थ्यो, जहाँ लामखुट्टे पाइँदैनथ्यो।

यसबारे ब्योर्न हजल्टसन नामका एक व्यक्तिले सबैभन्दा पहिले मिडियालाई जानकारी दिएका थिए। उनले अक्टोबर १६ को साँझ एक ‘अनौठो’ किरा देखे। उनले तुरुन्तै त्यसलाई समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई बोलाएका थिए।

भोलिपल्ट त्यो कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

लामखुट्टे यहाँ स्थायी रूपमा बस्न थालेमा यसले देशको प्राकृतिक सन्तुलन र मानिसको स्वास्थ्यमा असर पार्न सक्ने विज्ञले बताएका छन्।

वैज्ञानिकले यी लामखुट्टे कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन्।

लामखुट्टे पानीजहाज वा विमानमार्फत आइपुगेका हुन् वा तातो हुँदै गएको मौसमले उनीहरूलाई यहाँ टिक्न सहयोग गर्‍यो भन्ने अध्ययन भइरहेको छ।

आइसल्यान्डमा यसअघि कहिल्यै जंगली लामखुट्टे देखिएको थिएन। एकपटक विमानमा एउटा लामखुट्टे भेटिएको थियो, तर प्राकृतिक वातावरणमा यसपटक पहिलो घटना हो।

वैज्ञानिकलाई यी लामखुट्टे जहाज वा सामानका साथ आएका हुन सक्ने आशंका छ। यी लामखुट्टे चिसो मौसममा पनि बाँच्न सक्छन्, किनकि तिनीहरू जाडोमा लुकेर बस्ने क्षमता राख्छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ०१ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका