पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध « Khabarhub

पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– निरन्तरको वर्षाले सडकमा पहिरो खस्दा उदयपुर सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ ।

सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा भत्किएकाले यातायात सञ्चालन हुन नसकेको जाँतेका स्थानीय हर्क बुढाथोकीले बताए ।

ताम्लीछा, बराह, बलाम्ता रसुवा गाईघाट सडक वर्षा र पहिराले अवरुद्ध भएपछि सदरमुकाम गाईघाट आवतजावत बन्द भएको ताम्लीछास्थित महेन्द्रदीप माध्यमिक विद्यालयका शिक्षक मनिचन्द्र राईले बताए ।

गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडकमा पर्ने रानीबास, छामलिङ, फोक्सिङ्टार र सुवासहितका ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायी नरेश कार्कीले जानकारी दिए ।

रौतामाई गाउँपालिकाको रौता भुटार, सल्ले र मुर्कुची बजारदेखि डिल्ली बजार माँझखर्क सडक भत्केर अवरुद्ध भएपछि जिल्लाको मध्य र उत्तरी पहाडी क्षेत्रका सर्वसाधारण सदरमुकाम गाईघाट आउन सकेका छैनन् ।

उपचारका लागि जिल्ला अस्पताल र अन्य सरकारी सेवा लिन सदरमुकाम आवतजावत १० दिनदेखि बन्द भएको रौतामाई गाउँपालिका सल्लेका टेकराज पाठकले बताए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ०१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको