अपराह्न ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने, शपथ सोमबार | Khabarhub Khabarhub

अपराह्न ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने, शपथ सोमबार


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् ।

उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको उनको सचिवालयको भनाइ छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन दिएका थिए ।

त्यही अनुसार शुक्रबार साँझ ओलीले देउवासहितको समर्थनमा दाबी पेश गरेका थिए । राष्ट्रपतिले दाबी पेसका लागि आइतबार साँझ ५ बजेसम्मलाई समय सीमा दिएका थिए ।

यस्तै ओलीको शपथ सोमबार बिहान ११ बजेलाई राखिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीसँगै कांग्रेस र एमालेबाट बन्न लागेका अधिकांश मन्त्रीले शपथ लिँदैछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  २ : ५६ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा