जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस् | Khabarhub Khabarhub

जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस्

बेचन झा समातिएपछि सत्ता समीकरण फेरिएको दाबी


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् ।

उनका लागि गृहमन्त्रालयमा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ । बिदाइका क्रममा आयोजित पत्ररकार सम्मेलनमा लामिछानेले आजैदेखि आफूमाथि अनुसन्धान गर्न सुरक्षा निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

‘मेरो विषयमा धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैले आजसम्म मेरो विषयमा यो गर्नुस्, त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु’, उनले भने, ‘न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको भएमा मेरोबारेमा गहन अनुसन्धान गर्नुस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर कांग्रेस-एमाले गठबन्धनको सरकार बन्ने भएपछि लामिछानेले बिदा लिएका हुन् ।

उनले काम गर्ने क्रममा भएका कमजोरीको जिम्मा लिने बताए । उनले आफ्नो कार्यकालमा तीव्रता साथ काम गरेको बताए । ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा असर देखिन सक्ने चिन्ता उनले देखाए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल भएको दाबी गरे ।

सत्ता समीकरणमा फेरबदलसँगै अनुसन्धानका क्रममा रहेका कतिपय मुद्दा प्रभावित भएको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा फेरबदल आएसँगै सञ्चारकर्मीको पनि कमल लुकेको टिप्पणी गरे ।

‘कतिपय कुराहरु छानविनका क्रममा थिए, कतिपय कुरा बयानका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए । अब फरार अभियुक्त पक्राउसँगै कयौं कुरा बाहिर आएका छन् । बाहिर आएका कयौं चिजहरू सरकार परिवर्तनसँग सामसुम देखिन्छ । चाइचुईँ नबोलेको अवस्था छ’, उनले भने, ‘अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तदारुकताका साथ काम गरोस् । कमल झुक्दैन, कलम रोकिँदैन भन्ने मैले सुनेको थिएँ । कलम रोकियो । बेचन झा पक्राउ परे । मन्त्रिपरिषद्‍मा निर्णय गराउँछु भन्ने अडिओ सार्वजनिक भएको छ । त्यहाँ पुष्टि हुने ठाउँ प्रशस्त छन् । तर, भोलि पुष्टि हुँदा, अनुसन्धानको सुई शक्तिकेन्द्र पुग्दा तपाईंहरुको हात नकापोस् ।’

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : १७ बजे

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी रहने

काठमाडौं– सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

अन्तत: टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत

काठमाडौं– नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत

जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा !

वासिङ्टन- दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी हुन लागेका रिपब्लिकन उम्मेदवार

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

वासिङ्टन – अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

ट्याक्टरको प्रयोगले गोरू र खेताला खोज्नुपर्ने झन्झट हट्दै

दार्चुला– प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा