रविको दाबी - निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ | Khabarhub Khabarhub

रविको दाबी – निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबारदेखि बिदा भएका छन् ।

दोस्रो कार्यकाल करिब ४ महिना गृहमन्त्रालय सम्हालेर बिदा हुने क्रममा उनले कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अभियुक्त नजिक पुगेको दाबी गरेका छन् ।

उनले बलात्कारपछि मारिएकी निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको बताएका हुन् ।

आफूलाई बारम्बार उक्त घटनाबारेमा प्रश्न सोधिए पनि रिजल्ट आएपछि भन्ने भनेर बसेको उनले बताए ।

‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौँ हामी । एकदमै नजिक’, उनले भने, ‘बारम्बार मलाई सोधियो, मैले कहिले पनि भनिनँ । किनकी रिजल्ट आएपछि भनौँला भनेर । हामी कति नजिक छौँ, सुरक्षा निकायलाई थाहा छ ।’

बलात्कारपछि भएको निर्मलाको हत्याकाण्ड नेपालकै एक बदनाम हत्याकाण्डमध्ये एक हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

वि.सं. २०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरस्थित उल्टाखाममै साथीको घरबाट हराएकी उनको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : २८ बजे

आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई