ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने « Khabarhub

ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले चर्च बोइज युनाइटेडलाइ पराजित गर्‍यो । खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो ।

३६औँ मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए । तर, विज्ञानले ५५ र ८०औँ मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु प्रतियोगितामा १२ क्लब सहभागी छन् ।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : २३ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६