रोल्स रोयसले भारतलाई एमटी ३० टबाइन उपलब्ध गराउने « Khabarhub

रोल्स रोयसले भारतलाई एमटी ३० टबाइन उपलब्ध गराउने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायती मोटर निर्माता कम्पनी रोल्स रोयसले भारतीय नौसेनाका लागि आफ्नो ग्यास टर्बाइन उपलब्ध गराउने भएको छ ।

रोल्स रोयस कम्पनीले यूके–इण्डिया इलेक्ट्रिक प्रपल्सन क्यापबेलिटी पार्टनरशिप वर्किङ ग्रुपका लागि आफ्नो एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउने प्रस्ताव अघि सारेको हो ।

रोल्स रोयसका व्यापार विकास एवम् भविष्य कार्यक्रमका निर्देशक लेक्स जिनोले भारतीय नौसेनाका लागि आवश्वक पर्ने एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउन वर्किङ ग्रुपसमक्ष आफ्नो कम्पनीले प्रस्ताव गरेको पुष्टि गरे । यसबाट भारतीय नौसेनाका साथै तटरक्षा बल पनि लाभान्वित हुने उनको भनाइ छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार एमटी ३० टर्बाइन आधुनिक नौसैनिक प्रविधिमा निकै चुस्त मानिन्छ । रोल्स रोयसको यो प्रस्तावबाट बेलायत र भारतबीच नौसैनिक रक्षा प्रविधिमा नयाँ सहकार्यको विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले