भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पश्चिम भारतको गुजरात राज्यमा चण्डिपुरा भाइरसको संदिग्ध सङ्क्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।

प्रमुख जिल्ला स्वास्थ्य अधिकारी साबरकण्ठ राज सुतारियाका अनुसार यी सबै बालबालिकाको रगतको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पुष्टिका लागि पठाइएको छ ।

स्वास्थ्य अधिकारीहरूले भने, “चण्डिपुरा भाइरसले ज्वरो निम्त्याउँछ । यो लामखुट्टे, टिक्स र स्यान्डफ्लाइजबाट सर्छ ।”

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ३८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास